Donation & Support

हार्दिक अनुरोध


विगत २२ वर्षदेखि नेपालको दुर्गम तथा पछाडी पारिएको क्षेत्रमा सामुदायिक विकास, समुदाय परिचालन, जनचेतना अभिबृद्धि, मानव अधिकार संरक्षण र द्वन्द्व व्यवस्थापन, क्षमता अभिबृद्धि तथा जिविकोपार्जनसंग सम्बन्धित क्रियाकलापहरुमा संलग्न यस सामुदायिक विकास मञ्च नेपाल ले डोटी जिल्लाको सदरमुकाम सिलगढी बजारमा सामुदायिक भवन को लागि जग्गा खरिद गरी भवन निर्माणको कार्य अघी बढाइरहेकोले सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुमा आर्थिक एवं भौतिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।

सामुदायिक भवनका उद्देश्यहरु

  • संस्थालाई दीगो ,आत्मनिर्भर वनाई सेवामूलक ब्यवसायिकतालाई निरन्तादिने ।
  • समुदायमा सञ्चालनगरिने परियोजनाहरुलाई निरन्तरता दिई दीगो रुपमाअघि वढाउने ।
  • सबैप्रकारका द्धन्दप्रभावित,आर्थीकरुपले पछाडीपारिएका,मानवअधिकार उलंघनका शिकारभएका ब्यक्तिहरुलाई आपतकालिन सहयोग स्वरुप निशुल्क रुपमागास,वासको ब्यवस्थागरि मनोपरामर्श सेवालगायतआवश्यक कानूनी उपचारका लागि सहयोगगर्ने ।
  • एचआई भी संक्रमितएवं प्रभावितहरु लाई निशुल्क रुपमामनोेपरामर्स सेवा एवं औषधोपचारका लागिआवश्यक पहलगर्ने । 
  • बिभिन्न तालिम, गोष्ठि,सेमिनारको आयोजनाका लागि तालिमहलको ब्यवस्थागर्ने ।
  • श्रोत संस्थाका रुपमा बिकासगरि स्थानिय संघ संस्थाहरुको क्षमताअभिबृद्धीका लागि  सहयोगगर्ने ।
  • दैवीप्रकोप लगायतकाआपतकलिन सहयोगकालागि स्वयंसेवीअवधारणा अपनाई समुदायमा सक्दो सहयोग गर्ने । 

 

सामुदायिक भवन निर्माणमा सहयोग गर्ने सरकारी, अन्तरराष्ट्रिय, राष्ट्रिय, स्थानीय गै.स.स. एवं व्यक्तिहरुको नाम र रकम उक्त भवनको शिलालेखमा अंकित गरिने व्यहोरा समेत जानकारी गराउदछौं ।

 

                        सामुदायिक विकास मञ्च नेपाल परिवार